लक्ष्मी ई–मोबिलिटी र जीओ अटोमोबाइल्सलाई ‘मोस्ट प्रोमिसिङ पार्टनर’ पुरस्कार
वि.सं.२०८२ वैशाख १८ बिहीवार १४:०८
shares

काठमाडौं, १८ वैशाख । नेपालका लागि काइयी मोटर्सका आधिकारिक वितरक लक्ष्मी ई–मोबिलिटी प्रा. लि. र जीओ अटोमोबाइल्स प्रा. लि. ले चीनको यिबिनमा आयोजित काइयी अटो ग्लोबल बिजनेस सम्मेलन २०२५ मा ‘मोस्ट प्रोमिसिङ पार्टनर’ पुरस्कार प्राप्त गरेका छन्।
५० भन्दा बढी वितरकहरूमध्ये उत्कृष्ट प्रदर्शन गरेबापत प्रदान गरिएको यो पुरस्कारले नेपाली बजारमा काइयीको मजबुत उपस्थिति र वृद्धि क्षमतालाई पुष्टि गरेको छ।
कम्पनीले छिट्टै नेपाली उपभोक्ताका लागि नयाँ, उन्नत सुविधासहितको सवारीसाधनको रोमाञ्चक लाइनअप सार्वजनिक गर्ने तयारी गरिरहेको जनाएको छ।

















