Dhulikhel Eco Banner new

प्रतितोला १ हजार ७ सयले बढ्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

3.06K
shares

काठमाडौं, २४ वैशाख । स्थानीय बजारमा बुधवार सुनको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला १ हजार ७ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

मंगलवार तोलामा १ लाख ८९ हजार ९ सयमा कारोबार भएको सुनको मूल्य बुधवार १ हजार ७ सयले बढेर तोलामा १ लाख ९१ हजार ६ सयमा कायम भएको छ ।

त्यस्तै, बुधवार चाँदीको मूल्य स्थिर रहेको छ । मंगलवार तोलामा १ हजार ९६५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधवारका लागि पनि सोहि मूल्यमा कायम भएको हो ।