नेपाल बैंकको एप चलाउँदा डाटा शुल्क नलाग्ने
वि.सं.२०७९ असार ३ शुक्रवार ०७:३६
shares

काठमाडौं, ३ असार । नेपाल बैंकको मोबाईल एफ प्रयोग गर्दा डाटा शुल्क नलाग्ने भएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोग गर्दा डाटा शुल्क नलाग्ने व्यवस्था गरेको हो । नेपाल बैंकमा खाता भएका र नेपाल टेलिकमको सिमकार्ड प्रयोग गर्ने ग्राहकहरुलाई उक्त सुविधा दिन सम्बन्धमा बैंक र टेलिकमबीच सम्झौता भएको छ ।
सम्झौतामा नेपाल टेलिकमका तर्फबाट चिफ कमर्सियल अफिसर संगीता पहाडी र बैंकका तर्फबाट चिफ फाईनान्स अफिसर होम बहादुर खड्काले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार टेलिकमको मोवाइल नम्बर प्रयोग गरी नेपाल बैंकको मोवाइल बैंकिङ्ग रजिष्टर गर्ने सम्पूर्ण ग्राहकहरुले नेपाल बैंकको मोवाइल बैंकिङ्ग एप प्रयोग गर्न इन्टरनेट अथवा डाटाको आवश्यकता नपर्ने भएको हो । यो सुबिधा सिमित समयको लागि प्रदान गरिने बैंकले जनाएको छ ।
बैंकले नेपालभर २१३ शाखाहरु, १७९ एटिएम मेसिन साथै ४९ वटा एक्टेन्सन काउन्टर मार्फत करिब २१ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको छ ।














