Dhulikhel Eco Banner new

एनएलजी इन्स्योरेन्सको लाभांश घोषणा

2.35K
shares

काठमाडौं, २८ वैशाख । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयरधनीहरुका लागि लाभांश घोषणा गरेको छ ।

कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजीको २.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.१३१५७९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।