लाभांश प्रस्तावसहित सानिमा लाइफ इन्स्योरेन्सले बोलायो साधारणसभा
वि.सं.२०७९ असार ३ शुक्रवार १७:४८
4.46K
shares
shares

काठमाडौं, ३ असार । सानिमा लाइफ इन्स्योरेन्सको असार २० गते साधारणसभा हुने भएको छ ।
२०७६।७७ को मुनाफाबाट ४.२ प्रतिशत बोनस शेयर र ०.२२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावसहित इन्स्योरेन्सले सभा बोलाएको हो ।
सभा ११ बजे बिहान स्मार्ट क्याफे, धुम्बाराहीमा हुने भएको छ । बुकक्लोज असार ८ गते हुनेछ ।















