सिद्धार्थ इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचीकृत
वि.सं.२०७९ असार ३ शुक्रवार १८:०३
5.67K
shares
shares
काठमाडौं, ३ असार । सिद्धार्थ इन्स्योरेन्स लिमिटेड (SIL ) को बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
कम्पनीको १६ लाख ८० हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।
नेप्सेमा सूचीकृत बोनस शेयर, शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।















