प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सद्धारा शाखा प्रमुख माग
वि.सं.२०८२ जेठ २३ शुक्रवार १२:४३
shares

काठमाडौं, २३ जेठ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै देशका विभिन्न स्थानहरुमा शाखा प्रमुख पदमा कर्मचारी माग गरेको हो ।
पोखरा, धरान, लेखनाथ, कुस्मा, ओखलढुङ्गा र जुम्ला लगायतका शाखा कार्यालयमा शाखा प्रमुख पदमा कर्मचारी माग गरेको हो ।
उक्त पदहरुमा आवेदन दिनको लागि न्युनतम स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने र वित्तीय क्षेत्रमा काम गरेको अनुभवि उम्मेद्वारलाई बढी प्राथमिकता दिने कम्पनीले जनाएको छ । सो पदहरुमा जेठ ३१ गतेसम्म आवेदन दिन सक्नेछन् ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आवश्यक कागजात संकलन गरी कम्पनीको वेबसाइट https://pmlil.com/ मार्फत आवेदन दिन सक्ने सूचनामा उल्लेख गरिएको छ ।















