Dhulikhel Eco Banner new

इजरायलबाट फर्किए विराटनगरका मेयर कोइराला

1.6K
shares

काठमाडौं, ६ असार । युद्धग्रस्त इजरायलमा अलमलिएका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला स्वदेश फर्किएका छन्।

अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन इजरायल पुगेका कोइराला सम्मेलन स्थगित भएपछि केही दिन उतै अड्किनु परेको थियो। मेयर कोइराला जुन १७ देखि १९ सम्म हुने भनिएको ‘मुनी वर्ल्ड कन्फरेन्स’मा भाग लिन इजरायल गएका थिए।

तर, इजरायलको जटिल सुरक्षा अवस्थाका कारण सम्मेलन अन्तिम समयमा स्थगित गरिएको थियो। यद्यपि सम्मेलन नहुँदा पनि टिकट परिवर्तन गर्न नसकिएको कारण उनी केही दिनसम्म इजरायलमै बस्न बाध्य भएका थिए।