प्रतितोला ८ सयले घट्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८२ असार ६ शुक्रवार १०:५३
1.57K
shares
shares

काठमाडौं,६ असार । स्थानीय बजारमा शुक्रवार सुनको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ८ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।
बिहीवार प्रतितोला १ लाख ९५ हजार ५ सयमा कारोबार भएको सुनको मूल्य शुक्रवार ८ सयले घटेर तोलामा १ लाख ९४ हजार ७ सयमा कायम भएको हो ।
त्यस्तै, शुक्रवार चाँदीको मूल्य पनि ५० रुपैयाँले घटेको छ ।बिहीवार तोलामा २ हजार २ सयमा कारोबार भएको चाँदीको मूल्य शुक्रवार घटेर २ हजार १५० रुपैयाँमा कायम भएको छ ।


















