Dhulikhel Eco Banner new

प्रतितोला ५ सयले बढ्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

3.29K
shares

काठमाडौं,८ असार । स्थानीय बजारमा आइतवार सुनको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला ५ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

शुक्रवार प्रतितोला १ लाख ९४ हजार ७ सयमा कारोबार भएको सुनको मूल्य आइतवार ५ सयले बढेर तोलामा १ लाख ९५ हजार २ सयमा कायम भएको हो ।

त्यस्तै, आइतवार चाँदीको मूल्य पनि १० रुपैयाँले बढेको छ । शुक्रवार तोलामा २ हजार १५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतवार बढेर २ हजार १६० रुपैयाँमा कायम भएको छ ।