शेयर बजारमा २२५ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक
वि.सं.२०८२ असार ८ आइतवार १५:२६
shares

काठमाडौं, ८ असार । आइतवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार ३२.१६ अंकले घटेर २,५९६ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा २३ कम्पनीको शेयर मूल्य बढेको छ भने २२५ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ९ अर्ब १४ करोडको कारोबार भएको हो ।
शेयर बजारमा पियोर इनर्जीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य १० प्रतिशतका दरले गुमाएका छन् ।
यसदिन युनियन हाइड्रोपावरका लगानीकर्ताले ६.२४ प्रतिशतका दरले गुमाएका छन् भने रसुवागढी जलविद्युत कम्पनीका लगानीकर्ताले ५.४८ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरी,हिमालय उर्जा विकास कम्पनीका लगानीकर्ताले ५.३३ प्रतिशतका दरले गुमाएका छन् भने मध्य भोटेकोशी जलविद्युत कम्पनीका लगानीकर्ताले ५.२० प्रतिशतका दरले गुमाएका छन् ।

















