झिनो अंकले घट्यो शेयर बजार, कारोबार रकम बढ्यो
वि.सं.२०८२ असार ११ बुधवार १५:२८
shares

काठमाडौं, ११ असार । बुधवार शेयर बजार झिनो अंकले घटेको छ । शेयर बजार ०.३३ अंकले घटेर २,६०० बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ११२ कम्पनीको शेयर मूल्य बढेको छ भने १३४ कम्पनीको शेयर मूल्य घटेको छ र १ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । यसदिन ५ अर्ब ९४ करोडको कारोबार भएको हो ।
झिनो अंकले घटेको शेयर बजारमा मोदी इनर्जीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ९.९९ प्रतिशतका दरले बढेको छ ।
त्यस्तै, जोशी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य ९.५१ प्रतिशतका दरले गुमाएका छन् ।
















