Dhulikhel Eco Banner new

बरुण हाइड्रोपावर असार ३१ गतेदेखि १ः१ अनुपातमा शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्दै

3.3K
shares

काठमाडौं, १३ असार । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ। कम्पनीले असार ३१ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद शेयर १ः१ अनुपातमा बिक्री खुला गर्नेछ।

नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त यस हकप्रद शेयरको आवेदन दिने अन्तिम मिति असार १९ गतेसम्म तोकिएको छ। यस प्रयोजनका लागि कम्पनीले जेठ २२ गते बुक क्लोज गरेको थियो जसअनुसार जेठ २१ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कायम शेयरधनीहरू मात्र आवेदन दिन योग्य हुनेछन्।

कम्पनीको हकप्रद निष्कासनको रेटिङ्ग केयर रेटिङ नेपालले ूकेयर एनपी डबल बी इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले वित्तीय दायित्व बहन क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

शेयर निष्कासन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ। लगानीकर्ताहरूले आरबिबि मर्चेन्ट बैंकिङका साथै राष्ट्रिय वाणिज्य बैंकका विभिन्न शाखाहरूबाट आवेदन दिन सक्नेछन्। साथै, सि–आस्वा प्रणालीमा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र ‘मेरो शेयर’ प्रणालीमार्फत पनि आवेदन दिन सकिनेछ।

हाल कम्पनीको चुक्ता पूँजी ५३ करोड ५८ लाख रुपैयाँ रहेको छ भने हकप्रद बाँडफाँडपछि पूँजी बढेर १ अर्ब ७ करोड १६ लाख रुपैयाँ पुग्नेछ।