११ महिनामा लघु जीवन बीमकहरूको १ अर्ब रुपैयाँभन्दा बढीको व्यापार
वि.सं.२०८२ असार १५ आइतवार १७:२२
shares

काठमाडौं, १५ असार । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ११ महिनामा तीनवटा लघु जीवन बीमा कम्पनीहरूले १ अर्ब रुपैयाँभन्दा बढीको बीमा व्यापार गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार जेठ मसान्तसम्म लघु जीवन बीमकहरूले १६ लाख ६२ हजार ३२६ वटा बीमालेख बिक्री गरी कुल १ अर्ब ९ करोड ८२ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका हुन्।
तीनवटा लघु जीवन बीमा कम्पनीमध्ये सर्वाधिक व्यापार गार्डिन माइक्रो लाइफ इन्स्योरेन्सले गरेको छ। गार्डिनले ११ लाख २० हजार ६८२ वटा बीमालेख बिक्री गर्दै ४१ करोड ३६ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गर्न सफल भएको छ।
त्यसपछि क्रेस्ट माइक्रो लाइफ दोस्रो स्थानमा रहेको छ। उक्त कम्पनीले ३ लाख ९४ हजार ४०१ वटा बीमालेख बिक्री गरी ३९ करोड ९४ लाख रुपैयाँको बीमाशुल्क संकलन गरेको छ।
लिबर्टी माइक्रो लाइफले भने १ लाख ४७ हजार २४० वटा बीमालेख बिक्री गरी २८ करोड ५० लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको बीमा प्राधिकरणको विवरणमा उल्लेख गरिएको छ।

















