Dhulikhel Eco Banner new

शेयर बजारमा ६ अर्ब ३८ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार

2.61K
shares

काठमाडौं, १६ असार । दोहोरो अंकले बढेको शेयर बजारमा ६ अर्ब ३८ करोडको कारोबार हुँदा साहास ऊर्जाको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको ३६ करोड ५३ लाख शेयर कारोबार भएको हो ।

यसदिन सानिमा माई हाइड्रोपावरको ३१ करोड ४७ लाख शेयर कारोबार भएको छ भने बुटवल पावर कम्पनीको ३० करोड ७५ लाख शेयर कारोबार भएको छ ।

त्यसैगरी,सप्तकोशी डेभलपमेन्ट बैंकको २५ करोड ७८ लाख शेयर कारोबार भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चरको २२ करोड ५ लाख शेयर कारोबार भएको छ ।