Dhulikhel Eco Banner new

दोहोरो अंकले बढेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल

2.46K
shares

काठमाडौं, १९ असार । बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १०.९८ अंकले बढेर २,७०५ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १२२ कम्पनीको शेयर मूल्य बढेको छ भने १२५ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ९ अर्ब ६४ करोडको कारोबार भएको हो ।

दोहोरो अंकले बढेको शेयर बजारमा नेपाल फाइनान्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ९.९८ प्रतिशतका दरले बढेको छ ।

त्यसैगरि खानीखोला हाइड्रोपावरका लगानीकर्ताले ७.१७ प्रतिशतका दरले कमाएका छन् भने समृद्धि फाइनान्स कम्पनीका लगानीकर्ताले ७.०८ प्रतिशतका दरले कमाएका छन् ।

शेयर बजारमा भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले ६.७८ प्रतिशतका दरले कमाएका छन् भने सायापात्री हाइड्रोपावरका लगानीकर्ताले ६.५७ प्रतिशतका दरले कमाएका छन् ।