दोहोरो अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल
वि.सं.२०८२ असार २३ सोमवार १५:२७
shares

काठमाडौं, २३ असार । सोमवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार २२.३५ अंकले बढेर २,६८४ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ३९ कम्पनीको शेयर मूल्य बढेको छ भने २०९ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ९ अर्ब ५० करोडको कारोबार भएको हो ।
राताम्य भएको शेयर बजारमा माथिल्लो मैलुङ खोला लघुवित्तका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ६.५६ प्रतिशतका दरले बढेको छ ।
त्यसैगरि कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले ६.२८ प्रतिशतका दरले कमाएका छन् भने भगवती जलविद्युत विकास कम्पनीका लगानीकर्ताले४.०६ प्रतिशतका दरले कमाएका छन् ।
शेयर बजारमा सिन्धु विकास बैंकका लगानीकर्ताले ३.७४ प्रतिशतका दरले कमाएका छन् भने क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सका लगानीकर्ताले ३.५९प्रतिशतका दरले कमाएका छन् ।
















