Dhulikhel Eco Banner new

११ महिनामा अन्तरबैंक कारोबार ५८.६ प्रतिशतले घट्यो, १६ खर्बमा सीमित

1.61K
shares

काठमाडौं, २४ असार । चालु आर्थिक वर्ष २०८१/२ को ११ महिनामा नेपालमा अन्तरबैंक कारोबार ५८.६ प्रतिशतले घटेर १६ खर्ब ८१ अर्ब ५४ करोडमा सीमित भएको छ। नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको वित्तीय विवरणमा यस्तो उल्लेख गरिएको हो।

रिपोर्टअनुसार, सो अवधिमा वाणिज्य बैंकहरूबीच मात्रै १५ खर्ब ३१ अर्ब २१ करोडको कारोबार भएको छ। वाणिज्य बैंकबाहेक अन्य वित्तीय संस्थाहरूबीच १ खर्ब ५० अर्ब ३३ करोड बराबरको कारोबार भएको छ।

अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूबीचको अन्तरबैंक कारोबार ३७ खर्ब १ अर्ब ४३ करोड पुगेको थियो। यस्तै, अन्य वित्तीय संस्थाहरूबीचको कारोबार ३ खर्ब ५९ अर्ब ५५ करोड  रहेको थियो।