Dhulikhel Eco Banner new

११ महिनामा सरकारको खर्च १२ खर्ब ८२ अर्ब, राजस्व १० खर्ब १६ अर्ब

1.82K
shares

काठमाडौं, २४ असार । चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा साउनदेखि जेठसम्म नेपाल सरकारले कुल १२ खर्ब ८२ अर्ब ९४ करोड रुपैयाँ खर्च गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा सरकारले ११ खर्ब ८१ अर्ब ३० करोड रुपैयाँ खर्च गरेको थियो।

यस अवधिमा सबैभन्दा धेरै ८ खर्ब ५१ अर्ब ५८ करोड रुपैयाँ चालु खर्चमा गएको छ। पूँजीगत खर्च १ खर्ब ४३ अर्ब ३९ करोड रुपैयाँ रहेको छ भने वित्तीय व्यवस्थाका लागि २ खर्ब ८७ अर्ब ९७ करोड रुपैयाँ खर्च गरिएको छ।

यसैबीच, जेठ मसान्तसम्म सरकारले जम्मा १० खर्ब १६ अर्ब ९ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। यसमध्ये कर राजस्व ९ खर्ब १८ अर्ब रुपैयाँ र गैरकर राजस्व ९८ अर्ब ८ करोड रुपैयाँ रहेको छ।

राजस्व र खर्चबीच ठूलो अन्तर रहेको देखिए पनि सरकारले बजेट कार्यान्वयन र पूँजीगत खर्चमा सुधार गर्ने प्रयास जारी राखेको जनाएको छ।