Dhulikhel Eco Banner new

वैदेशिक शिक्षामा बाहिरीयो १ खर्ब २४ अर्बबढी रकम

1.59K
shares

काठमाडौं, २४ असार । चालु आर्थिक वर्ष जेठ मसान्तसम्मको अवधिमा वैदेशिक अध्ययन र भ्रमणका लागि उल्लेखनीय मात्रामा विदेशी मुद्रा खर्च भएको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार सो अवधिमा वैदेशिक अध्ययनका लागि जाने विद्यार्थीहरूले १ खर्ब २४ अर्ब ८० करोड खर्च गरेका छन्। अघिल्लो वर्षको तुलनामा यो रकममा वृद्धि देखिएको छ।

त्यस्तै, विदेश भ्रमणमा जाने नेपालीहरूले २ खर्ब ३ अर्ब ९७ करोड रुपैयाँ खर्च गरेका छन् जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १६.५ प्रतिशतले बढी हो। गत आर्थिक वर्षमा यो खर्च १ खर्ब ७५ अर्ब १६ करोड  थियो।

सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ६.९ प्रतिशतले वृद्धि भई ८२ अर्ब २० करोड पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा भ्रमण आय ७६ अर्ब ८८ करोड थियो।

यद्यपि, कुल सेवा खाता घाटा भने अझ गहिरिएको छ। समीक्षा अवधिमा खुद सेवा आय ९७ अर्ब ३३ करोडले घाटामा गएको छ, जबकि अघिल्लो वर्षको सोही अवधिमा यो घाटा ५६ अर्ब ३६ करोड  थियो।