Dhulikhel Eco Banner new

सिटिजन्स सदाबहार योजना इकाई बिक्री खुला, ५ करोडसम्म लगानी गर्न सकिने

1.79K
shares

काठमाडौं, २४ असार । सिटिजन्स म्युचुअल फन्ड अन्तर्गत सिटिजन्स क्यापिटल लिमिटेडले व्यवस्थापन गर्ने पहिलो खुलामुखी योजना सिटिजन्स सदाबहार योजना को इकाई बिक्री खुला गरिएको छ। नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त यस योजनाको इकाई बिक्री असार १३ गतेदेखि २७ गते (शुक्रबार) साझँ ५ बजे सम्म बैंकिङ समयभित्र खुला रहनेछ।

५० करोड रुपैयाँ बराबरको कोष आकार रहेको यस योजनामा लगानीकर्ताले न्यूनतम १०० इकाई (१,०००) देखि अधिकतम ५ लाख इकाई (५ करोड) सम्म खरिद गर्न सक्नेछन्।

इकाई खरिदका लागि मेरो शेयर प्रणालीमार्फत वा सि–आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखाबाट आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

योजनाको औसत वार्षिक प्रतिफल १५.१० प्रतिशत हुने अनुमान गरिएको छ। सिटिजन्स क्यापिटलका अनुसार देशभरि फैलिएका सिटिजन्स बैंकका शाखामार्फत लगानी व्यवस्थापन सेवा उपलब्ध गराइनेछ।

सिटिजन्स क्यापिटल लिमिटेड सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सहायक कम्पनी हो, जसमा कर्मचारी सञ्चय कोष र प्रतिष्ठित व्यवसायीहरूको सह–लगानी रहेको छ। संस्थाको रजिष्टर्ड कार्यालय काठमाडौँ, डिल्लीबजारस्थित बाटुलेघरमा रहेको छ।

संस्थाका अध्यक्ष राजेन्द्रलाल श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठ रहेका छन्। सिटिजन्स क्यापिटलले म्युचुअल फन्ड, लगानी व्यवस्थापन तथा वित्तीय परामर्श सेवामा नयाँ आयाम थप्दै सेवा विस्तार गरिरहेको जनाएको छ।