झिनो अंकले बढेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल
वि.सं.२०८२ असार २४ मंगलवार १५:१०
shares

काठमाडौं, २४ असार । मंगलवार शेयर बजार झिनो अंकले बढेको छ । शेयर बजार ३.६१ अंकले बढेर २,६८७ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १३३ कम्पनीको शेयर मूल्य बढेको छ भने ११५ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ६ अर्ब ५७ करोडको कारोबार भएको हो ।
सामान्य अंकले बढेको शेयर बजारमा बुटवल पावर कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ८.२१ प्रतिशतका दरले बढेको छ ।
त्यसैगरि पिपल्स हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ५.९६ प्रतिशतका दरले कमाएका छन् भने रिभर फल्स पावरका लगानीकर्ताले ४.६९ प्रतिशतका दरले कमाएका छन् ।
शेयर बजारमा ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ताले ४.६२ प्रतिशतका दरले कमाएका छन् भने सायापात्री हाइड्रोपावरका लगानीकर्ताले ४.०७ प्रतिशतका दरले कमाएका छन् ।

















