शेयर बजारमा ५५ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक
वि.सं.२०८२ असार ३२ बुधवार १५:२२
shares

काठमाडौं, ३२ असार । बुधवार शेयर बजार उच्च अंकले बढेको छ । शेयर बजार ३७.५३ अंकले बढेर २,७९७ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १९३ कम्पनीको शेयर मूल्य बढेको छ भने ५५ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन १४ अर्ब ३ करोडको कारोबार भएको हो ।
उच्च अंकले बढेको शेयर बजारमा माईखोला हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य ७.८७ प्रतिशतका दरले गुमाएका छन् ।
यसदिन नारायणी विकास बैंकका लगानीकर्ताले २.९० प्रतिशतका दरले गुमाएका छन् भने १०.२५ प्रतिशत नेपाल एसबीआई बैंक ऋणपत्र २०८३का लागनीकर्ताले २.३१ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरी, उन्नती सहकार्य लघुवित्तका लगानीकर्ताले २.१४ प्रतिशतका दरले गुमाएका छन् भने १०.५० प्रतिशत एभरेस्ट बैंक लिमिटेड डिबेन्चर २०८५का लगानीकर्ताले २ प्रतिशतका दरले गुमाएका छन् ।



















