Dhulikhel Eco Banner new

शेयर बजारमा १४ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक

1.55K
shares

काठमाडौं, ६ साउन । मंगलवार शेयर बजार उच्च अंकले बढेको छ । शेयर बजार ८१.७७ अंकले बढेर २,९७४ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा २३६ कम्पनीको शेयर मूल्य बढेको छ भने १४ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन २० अर्ब ८ करोडको कारोबार भएको हो ।

हरियाली छाएको शेयर बजारमा १ प्रतिशत एल.बी.बी.एल. डिबेन्चर २०८९का लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य ३ प्रतिशतका दरले गुमाएका छन् ।

यसदिन एनआइबिएल ग्रोथ फन्डका लगानीकर्ताले ३.०१ प्रतिशतका दरले गुमाएका छन् भने बोर्टलर्स बालाजुका लगानीकर्ताले २.४६ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरी, ग्रिन विकास बैंकका लगानकिर्ताले २.१९ प्रतिशतका दरले गुमाएका छन् भने पञ्चकन्यामाइ हाइड्रोपावरका लगानीकर्ताले २.०३ प्रतिशतका दरले गुमाएका छन् ।