Dhulikhel Eco Banner new

हर्कको बालेनलाई सुझाव, ‘जनतालाई दुःख नदिन आग्रह’

767
shares

काठमाडौं, १२ वैशाख । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बालेन शाहलाई जनतालाई धेरै दुःख नदिन आग्रह गरेका छन्।

साम्पाङले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै बालेनलाई लक्षित गर्दै लेखेका छन्, “बालेन जी… तपाईँलाई मेरो सुझाव, जनतालाई धेरै दुःख नदिनु, जग्गा जमिन तेरो न मेरो कसैको हुँदैन। सबै जना एक दिन सडेर या जलेर खरानी हुँदै माटोमा विलय हुनु पर्छ।”

उनले विकासतर्फ ध्यान केन्द्रित गर्न आग्रह गर्दै अनावश्यक विवाद त्याग्न पनि सुझाव दिएका छन्। “विकासमा लाग्नु, पुरानो जुँगाको फाइट छोड्नु। आजको मितिमा तपाईँकै जुँगा लामो छ, छोड्दिनु भो” उनले भने।

साम्पाङको यो अभिव्यक्तिपछि सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आएका छन्, जहाँ कतिपयले उनको अभिव्यक्तिलाई समर्थन गरेका छन् भने केहीले आलोचना समेत गरेका छन्।