Dhulikhel Eco Banner new

शेयर बजारमा १५२ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक

2.81K
shares

 

काठमाडौं, ७ साउन । बुधवार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार ९.६१ अंकले बढेर २,९८३ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ९८ कम्पनीको शेयर मूल्य बढेको छ भने १५२ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन १९ अर्ब ५७ करोडको कारोबार भएको हो ।

सामान्य अंकले बढेको शेयर बजारमा भुगोल इनर्जीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य ५.३२ प्रतिशतका दरले गुमाएका छन् ।

यसदिन ग्रिन विकास बैंकका लगानीकर्ताले ४.२६ प्रतिशतका दरले गुमाएका छन् भने अभियान लघुवित्तका लगानीकर्ताले ४.१३ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरी आरएसडिसी लघुवित्तका लगानीकर्ताले ४.१० प्रतिशतका दरले गुमाएका छन् भने माइखाृेला हाइड्रोपावरका लगानीकर्ताले ३.१२ प्रतिशतका दरले गुमाएका छन् ।