Dhulikhel Eco Banner new

लक्ष्मी सनराइज क्यापिटलद्वारा तीन म्युचुअल फण्डको लाभांश घोषणा

3.06K
shares

काठमाडौं, १३ साउन । योजना व्यवस्थापक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले तीन वटा म्युचुअल फण्डका लागि आकर्षक नगद लाभांश घोषणा गरेको छ।

कम्पनीको सोमवारबसेको सञ्चालक समितिको बैठकले लक्ष्मी भ्यालु फण्ड–२, लक्ष्मी सनराइज ब्लुचिप फण्ड र शुभ लक्ष्मी कोषका इकाइधनीहरूलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो।

बैठकले लक्ष्मी भ्यालु फण्ड–२ का इकाइधनीलाई कर सहित १५ प्रतिशत, लक्ष्मी सनराइज ब्लुचिप फण्डका इकाइधनीलाई कर सहित १९ प्रतिशत, र शुभ लक्ष्मी कोषका इकाइधनीलाई कर सहित १६ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको क्यापिटलले जनाएको छ।