शेयर बजारमा १८ अर्ब ५२ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८२ साउन १३ मंगलवार १६:०८
2.85K
shares
shares

काठमाडौं, १३ साउन । शेयर बजारमा १८ अर्ब ५२ करोडको कारोबार हुँदा हिमालयन डिस्टिलरीको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको ६४ करोड ४१ लाखको कारोबार भएको हो ।
यसदिन ग्रीन भेन्चर्सको ६३ करोड ८२ लाख कारोबार भएको छ भने नेपाल पुनर्बीमा कम्पनीको ५६ करोड ९२ लाख कारोबार भएको छ ।
त्यसैगरी हिमालयन रिइन्स्योरेन्सको ५२ करोड ७७ लाख कारोबार भएको छ भने राधी विद्युतको ४९ करोड ७७ लाख कारोबार भएको छ ।

















