जनसेवा स्कुलमा एनएमबि बैंकको वित्तीय साक्षरता
वि.सं.२०८२ साउन १५ बिहीवार १०:२३
shares

काठमाडौं, १५ साउन । एनएमबि बैंक सुनवल शाखाले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले नवलपरासीको सुनवल नगरपालिका स्थित जनसेवा माध्यमिक विद्यालय कक्षा ११ र १२ मा अध्यनरत विद्यार्थीहरुलाइ वित्तीय साक्षरता प्रदान गरेको हो ।
विद्यार्थीहरुलाइ वित्तीय ज्ञान दिने उद्देश्यले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ । बैंकका सुनवल शाखा प्रबन्धक अर्जुन ज्ञवालीले बचत, वित्तीय योजना, लगानी बारे सहजीकरण गरेका थिए ।
उहाँले युवा उद्यमशीलता, पैसाको बचत, लगानी, परिचालन , आयआर्जनका वैकल्पिक अवसरहरु, बैंकको महत्त्व, दैनिक जीवनमा बैंकको प्रयोग, डिजिटल बैकिङ्ग, बैंकिङ्ग फ्रड र फ्रडबाट सुरक्षित रहने उपायहरु , एनएमबि स्टुडेन्ट बचत खाता, संसारभरबाट एनएमबि बैंकमा खोलिने भिडियो कल खाता, शेयर कारोबार सम्बन्धि ज्ञान, सिस्टोमेटिक इन्भेस्टमेन्ट प्लान एसआइपि तथा एनएमबि बैंकले प्रदान गर्ने अन्य बैकिङ सेवा सुविधाको बारे अभिमुखीकरण प्रदान गरेका थिए ।
कार्यक्रममा विद्यालयका प्राचार्य फान प्रसाद श्रेष्ठले एनएमबि बैंकले प्लस टु लेभल व्यवस्थापन तहमा अध्यनरत विद्यार्थी भाइबहिनीहरुलाइ वित्तीय साक्षरता जस्तो महत्त्वपूर्ण कार्यक्रम गरेकोमा आभार व्यक्त गर्दै दिँदै समय, सापेक्ष र व्यवहारिक वित्त सम्बन्धि ज्ञान आफुहरुले पनि सिकेको बताएका थिए ।
वित्तीय साक्षरता कार्यक्रममा सहभागी विद्यार्थीहरूले बचत, वित्तीय योजना, लगानी, डिजिटल बैकिङ्ग, युवा उद्यमशीलताको सृजना, सञ्चालन र सफलताबारे व्यवहारिक ज्ञान सिकेको बताएका थिए।
एनएमबि बैंकले २०१७, २०१८, २०१९, २०२१ मा गरी ४ पटक बैंक अफ द इयर नेपाल तथा नेपालका बैंकहरुबाट २०२१ मा बैंक अफ द इयर एसियाको उपाधि चुम्न सफल भएको थियो । सो कार्यक्रममा विद्यालयका शिक्षक शिक्षिकार कर्मचारी तथा एनएमबि बैंकका कर्मचारी दिनेश वश्याल, ओमकार श्रेष्ठ, लगायतको उपस्थिति रहेको थियो ।

















