दोहोरो अकंले घट्यो शेयर बजार, यी ५ कम्पनीले कमाए सर्वाधिक
वि.सं.२०८३ असोज १९ सोमवार १५:१३
shares

काठमाडौं, १९ असोज । सोमबार शेयर बजार दोहोरो अकंले घटेको छ। शेयर बजार २०.४८ अंकले घटेर २५६६.७६ विन्दुमा बन्द भएको हो।
शेयर बजारमा ३२ कम्पनीको सेयर मूल्य बढेको छ भने २४२ वटाको घटेको छ। यस्तै, ४ कम्पनी स्थिर छन्। यसदिन ३ अर्ब २७ करोड रूपैयाँ बढीको कारोबार भएको छ।
दोहोरो अकंले घटेको शेयर बजारमा स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेड डिबेन्चरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ५.७५ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरि नेपाल एसबीआई बैंक डिबेन्चर २०८६ का लगानीकर्ताले ४.९८ प्रतिशतका दरले कमाएका छन् भने ग्लोबल आइएमई समुन्नत योजना–२ का लगानीकर्ताले ४.९८ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरि नबिल ब्यालेन्स्ड फन्ड–२ का लगानीकर्ताले ३.३३ प्रतिशतका दरले कमाएका छन् भने नबिल डिबेन्चर २०८५ का लगानीकर्ताले ३.२८ प्रतिशतका दरले कमाएका छन् ।

















