दोहोरो अकंले घट्यो शेयर बजार, कारोबार रकम पनि घट्यो
वि.सं.२०८३ असोज १९ सोमवार १५:०७
shares

काठमाडौं, १९ असोज । सोमबार शेयर बजार दोहोरो अकंले घटेको छ। शेयर बजार २०.४८ अंकले घटेर २५६६.७६ विन्दुमा बन्द भएको हो।
शेयर बजारमा ३२ कम्पनीको सेयर मूल्य बढेको छ भने २४२ वटाको घटेको छ। यस्तै, ४ कम्पनी स्थिर छन्। यसदिन ३ अर्ब २७ करोड रूपैयाँ बढीको कारोबार भएको छ।
दोहोरो अकंले घटेको शेयर बजारमा स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेड डिबेन्चरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ५.७५ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरि त्रिशूली जलविद्युत कम्पनी लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ५.८४ प्रतिशतका दरले गुमाएका छन् ।

















