दोहोरो अकंले घट्यो शेयर बजार, यी ५ कम्पनीले गुमाए सर्वाधिक
वि.सं.२०८३ असोज १९ सोमवार १५:२०
shares

काठमाडौं, १९ असोज । सोमबार शेयर बजार दोहोरो अकंले घटेको छ। शेयर बजार २०.४८ अंकले घटेर २५६६.७६ विन्दुमा बन्द भएको हो।
शेयर बजारमा ३२ कम्पनीको सेयर मूल्य बढेको छ भने २४२ वटाको घटेको छ। यस्तै, ४ कम्पनी स्थिर छन्। यसदिन ३ अर्ब २७ करोड रूपैयाँ बढीको कारोबार भएको छ।
दोहोरो अकंले घटेको शेयर बजारमा त्रिशूली जलविद्युत कम्पनी लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ५.८४ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरि सिन्धु विकास बैंक लिमिटेडका लगानीकर्ताले ५.८० प्रतिशतका दरले गुमाएका छन् भने सिटिजन्स बैंक डिबेन्चर २०८६ का लगानीकर्ताले ५.७९ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरि सिभिल बैंक डिबेन्चर २०८८ का लगानीकर्ताले ५.७६ प्रतिशतका दरले गुमाएका छन् भने अपर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताले ५.७४ प्रतिशतका दरले गुमाएका छन् ।

















