Dhulikhel Eco Banner new

दरमखोला हाइड्रोको आईपीओ बिहीवारदेखि खुला

3.16K
shares

काठमाडौं, १५ साउन । दरमखोला हाइड्रो इनर्जी लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) बिक्री खुला गरेको छ। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँको दरमा जम्मा ३९ लाख ५० हजार कित्ता शेयर निष्कासनको अनुमति पाएको हो।

यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दालाई १० लाख ३० हजार ५०० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई २ लाख ९१ हजार १५० कित्ता शेयर बिक्री गरिसकेको छ। अब बाँकी शेयरमध्ये १ लाख ४५ हजार ९७५ कित्ता सामूहिक लगानी कोषलाई र ५८ हजार ३९० कित्ता कम्पनीका कर्मचारीलाई छुट्याई बाँकी रहेको २४ लाख २३ हजार १८५ कित्ता शेयर आम सर्वसाधारणका लागि खुला गरिएको हो।

आईपीओमा कम्तीमा १० कित्तादेखि बढीमा ५० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ। आवेदन साउन १५ गतेदेखि साउन १९ गतेसम्म दिन सकिनेछ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री व्यवस्थापक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।

आईपीओ निष्कासनका लागि गरिएको क्रेडिट रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले दरमखोला हाइड्रो इनर्जीलाई ‘आईआरएन डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ।