Dhulikhel Eco Banner new

एकैदिन प्रतितोला ३ हजार ४ सयले बढ्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

3.16K
shares

काठमाडौं, १८ साउन । स्थानिय बजारमा आइतवार सुनको मूल्य उच्च अंकले बढेको छ । सुनको मूल्य प्रतितोला ३ हजार ४ सयले बढेको नेपाल सुनचादीँ व्यवसायी महासंघले जनाएको हो ।

शुक्रवार प्रतितोला १ लाख ९३ हजार १ सयमा कारोबार भएको सुनको मुल्य आइतवार प्रतितोला ३ हजार ४ सयले बढेर तोलामा १ लाख ९६ हजार ५ सयमा कायम भएको हो ।

त्यस्तै, आइतवार चाँदीको मूल्य १५ रुपैयाँले बढेको छ । शुक्रवार २ हजार २३५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतवार बढेर २ हजार २५० रुपैयाँ कायम भएको छ।