Dhulikhel Eco Banner new

एकता होटल तथा गेष्टहाउस व्यवसायी संघको १३औं साधारणसभा सम्पन्न

5.76K
shares

काठमाडौं, १८ साउन । काठमाडौंको गौशाला, सिनामंगल, एयरपोर्ट, कोटेश्वर, बानेश्वर, चाबहिल र गौरीघाट क्षेत्रका होटल तथा गेष्टहाउस व्यवसायीहरू आवद्ध एकता होटल तथा गेष्टहाउस व्यवसायी संघ नेपालको १३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। उक्त कार्यक्रममा संघको ७औं अधिवेशन पनि भव्य रूपमा सम्पन्न गरिएको हो।

साउन १६ गते गौशालास्थित होटल कृस्टल पशुपतिमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डे प्रमुख अतिथिका रूपमा सहभागी थिए ।

संघका अध्यक्ष सरोज आलेको सभापतित्वमा सम्पन्न अधिवेशनमा पर्यटन क्षेत्रका विशिष्ट व्यक्तित्वहरू, व्यवसायी प्रतिनिधिहरू, संघसंस्थाका पदाधिकारीहरू र सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रममा होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष दिनेश कुमार चुके, सामाजिक अभियन्ता कर्ण शाक्य, होटल संघ नेपालका कोषाध्यक्ष युवराज श्रेष्ठ, बागमती प्रदेश होटल संघका अध्यक्ष दामोदर नेपाल, जिल्ला होटल व्यवसायी संघ काठमाडौंका अध्यक्ष सुरेश बराल र प्रहरी वृत्त गौशालाका प्रमुख सुकदेव खनाललगायतको उपस्थिति रहेको थियो ।

अधिवेशनको अवसरमा एसईई परीक्षामा सफलता हासिल गरेका व्यवसायीका छोराछोरीहरूलाई सम्मान गरिएको थियो भने व्यवसायमा अनुकरणीय काम गरेका दुई होटल व्यवसायीलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

अधिवेशनबाट अध्यक्ष सरोज आलेको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसहमत रूपमा चयन भएको छ जसमा उपाध्यक्षहरू सरमान लिम्बु, तिलक प्रसाद चापागाईं र प्रज्वल श्रेष्ठ छन् भने महासचिव अनिस ब, सचिव कुशल श्रेष्ठ, कोषाध्यक्ष एकदेव पाण्डे र सह–कोषाध्यक्ष गोपाल कोइराला चयन भएका छन् ।

नयाँ समितिमा सदस्यका रूपमा गोमा लिम्बु, जुनु सुब्बा, इश्वर प्रसाद पौडेल, चन्डेश्वर श्रेष्ठ, यादव सुवेदी, दिपेन्द्र यादव, खिम प्रसाद घिमिरे, रत्न प्रसाद पौडेल र दिपक पोखरेल छन् भने लेखा समिति संयोजकमा ध्रुव कुमार श्रेष्ठ र सदस्यमा उमादेवी राई तथा राजु थापा चयन भएका छन् ।

नव निर्वाचित नेतृत्वले संघलाई थप सशक्त बनाउने, व्यवसायीका हकहित संरक्षण गर्ने र पर्यटकीय क्षेत्रको प्रवर्द्धनमा योगदान दिने अठोट व्यक्त गरेको छ ।