Dhulikhel Eco Banner new

एनआईसी एशिया म्युचुअल फन्डका ४ योजनाको लाभांश घोषणा

2.64K
shares

काठमाडौं, १८ साउन । एनआईसी एशिया म्युचुअल फन्ड अन्तर्गत सञ्चालित चार वटा योजनाको लाभांश वितरणको घोषणा भएको छ।

बन्दमुखी योजना एनआईसी एशिया फ्लेक्सी क्याप फन्ड ले इकाइधनीहरूलाई १०.१० प्रतिशत नगद लाभांश दिने भएको छ। त्यस्तै, एनआईसी एशिया ब्यालेन्सड फन्ड ले ९.९० प्रतिशत, सेलेक्ट ३० (इन्डेक्स फन्ड) ले ८.६५ प्रतिशत र खुलामुखी योजना डायनामिक डेप्ट फन्ड ले ५.५५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरिएको छ।

बन्दमुखी योजनाहरूको लाभांश वितरणका लागि बुक क्लोज मिति साउन २९ गते तोकिएको छ। लाभांश करसहित रहेको छ।