Dhulikhel Eco Banner new

शेयर बजारमा भारी अंकले गिरावट, २२३ कम्पनीको शेयर मूल्य घट्यो

2.52K
shares

काठमाडौं, १८ साउन । आइतवार शेयर बजार भारी अंकले घटेको छ । शेयर बजार ६३.७३ अंकले घटेर २,८५८ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १६ कम्पनीको शेयर मूल्य बढेको छ भने २२३ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन १३ अर्ब ०७ करोडको कारोबार भएको हो ।

उच्च अंकले घटेको शेयर बजारमा ट्रेड टावर र शिवश्री हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ९.९९ प्रतिशतका दरले कमाएका छन् ।

त्यस्तै, सान्भी इनर्जीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य ९.९९ प्रतिशतका दरले गुमाएका छन् ।