Dhulikhel Eco Banner new

५ करोडको साइकल !

5.98K
shares

काठमाडौं, ६ असार । विश्वमा साइकलको निर्माण आजभन्दा करिब २०० वर्ष पहिले भएको हो । सुरुवातमा दुई पाङ्ग्रे, सामान्य बनावट तथा कमलागतमा निर्माण सुरु गरिएको साईकल हाल लाखौं मूल्यमा खरिद बिक्री हुनथालेका छन् ।

इन्धनको प्रयोग नहुने तथा प्रदुषण नियन्त्रणलाई सहायता पुर्याउने भएकाले विश्वमा साईकलको बजार विस्तार हुँदै गएको छ । नेपालमा पनि पछिल्लो समय बढेको इन्धनको मूल्यका कारण साइकप्रति सहरी क्षेत्रका बासिन्दाको आकर्षण बढेको छ ।

विभिन्न किसिमका साईलक निर्माण हुने गरेका र तिनको मूल्य पनि फरक फरक रहेको छ । एउटा साईकलको मूल्य ५ करोड नेपाली रुपैयाँभन्दा बढी रहेको पाइएको छ । त्यो साइकल हो बटरफ्लाई ट्रेक म्यान्डोन । यो साइकलको मूल्य ५ लाख अमेरिकन डलर रहेको छ । जुन नेपालीमा ५ करोडभन्दा बढी हुन्छ ।

यो साईकलको प्रयोग सन् २००९मा फ्रान्सका साईकलयात्री लान्स आर्मस्ट्रङ्गले प्रयोग गरेका थिए । युनिक तथा आकर्षक शैलीमा निर्माण गरिएको यो साईकलमा वास्तविक पुतलीको प्रयोग गरिएको छ । यो विश्वको सबैभन्दा महंगो साइकल हो । विश्व व्यापीरुपमा साईकल उद्योगको लगानी ४५ बिलियन डलर रहेको अनुमान गरिएको छ ।