Dhulikhel Eco Banner new

माबिलुङ इनर्जीको आइपिओ बिक्री खुला

2.85K
shares

काठमाडौं, २६ साउन । माबिलुङ इनर्जीको सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) सोमबारदेखि आवेदन खुलेको छ । कम्पनीले सर्वसाधारणका लागि अंकित मूल्य १ सयका दरले कुल १८ लाख ९० हजार ५३० कित्ता शेयर निष्कासन गर्न लागेको हो ।

वैदेशिक रोजगारमा रहेका र आयोजना प्रभावित तथा सामुहिक लगानी कोषलाई छुट्याएपछि बाँकी रहेको १२ लाख ४८ हजार ९०४ कित्ता शेयर सर्वसाधारणमा निष्कासन गरिएको हो ।

सर्वसाधारणले न्यूनतम १० तथा अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । अनलाइन प्रणाली मेरोशेयरमार्फत आवेदन दिन सकिने बिक्री प्रवन्धक लक्ष्मी सनराइज क्यापिटलले सार्वजनिक सूचनामार्फत जनाएको छ । साउन २९ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीले संखुवासभा जिल्लामा माथिल्लो पिलुवाखोला– ३ मा ४.९५ मेगावाट क्षमताको आयोजना बनाएको छ । जसको प्रतिमेगावाट लागत २२ करोड ९५ लाख रुपैयाँ रहेको छ ।