Dhulikhel Eco Banner new

सामसुङ नेपालको मनसुनमा स्मार्टफोन मर्मतका लागि ‘मनसुन क्याम्प’ सुरु

1.82K
shares

काठमाडौं, २७ साउन । मनसुनको चिस्यान र पानीका कारण स्मार्टफोनमा हुने क्षति कम गर्न सामसुङ नेपालले ‘मनसुन क्याम्प’ सेवा अभियान सुरु गरेको छ। यसअन्तर्गत ग्राहकहरूले आफ्नो स्मार्टफोनको सबैभन्दा संवेदनशील भाग चार्जिङ पोर्टको मर्मत वा प्रतिस्थापन सुविधा निःशुल्क पाउन सक्नेछन्।

यो सेवा अभियान २०८२ साल अगस्ट २४ गतेसम्म सञ्चालन हुने जनाएको छ। ग्राहकहरूले वारंटी भए वा नभएको फरक नपारी, सामसुङका अधिकृत सेवा केन्द्रमा गएर चार्जिङ पोर्ट प्रतिस्थापन गराउन सक्नेछन्। चार्जिङ पोर्टको प्रतिस्थापन निःशुल्क भए पनि श्रम शुल्क र अन्य पार्ट्सको खर्च ग्राहकले व्यहोर्नुपर्नेछ। यो सुविधा केवल सामसुङका अधिकृत सेवा केन्द्रहरूमा उपलब्ध हुनेछ।

सामसुङ नेपालका सहायक महाप्रबन्धक तथा प्रमुख (ग्राहक सेवा) राजन भट्टराईले भने, “हामी हाम्रो ग्राहकलाई वर्षा वा कुनै पनि मौसममा तनावमुक्त अनुभव दिन प्रतिबद्ध छौं। विशेष गरी वर्षाका बेला फोनको चार्जिङ पोर्टमा पानी र चिस्यानले असर पुर्याउँछ। त्यसैले मनसुन क्याम्पमार्फत समयमै मर्मत सुविधा उपलब्ध गराउँदैछौं, जसले ग्राहकलाई फोन सहजै प्रयोग गर्न मद्दत गर्नेछ।”

सामसुङले सबै प्रयोगकर्तालाई सीमित अवधिको यो सेवा उपयोग गर्न आग्रह गरेको छ। थप जानकारी र नजिकको सेवा केन्द्र पत्ता लगाउन सामसुङ ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिन्छ।