Dhulikhel Eco Banner new

डिजिटल भुक्तानी सुरक्षित र पारदर्शी बनाऔंः राष्ट्र बैंक

2K
shares

काठमाडौं, २७ साउन । नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई डिजिटल भुक्तानी प्रणालीको सही उपयोगका लागि भुक्तानी प्रणालीमा कार्य गर्ने संस्थाहरूको बारेमा बुझ्न अपिल गरेको छ। केन्द्रीय बैंकले वित्तीय चेतनाका लागि जारी गरेको सूचनामा विद्युतीय भुक्तानीसम्बन्धी सेवा प्रदायक र प्रणाली सञ्चालकको भूमिका बारे जानकारी गराएको छ।

सूचनामा भनिएको छ कि भुक्तानी सेवा प्रदायक (पीएसपी) ले वस्तु, सेवा, सम्पत्ति वा अन्य दायित्वको भुक्तानी, स्वदेशमा रकम स्थानान्तरण तथा विद्युतीय माध्यमबाट भुक्तानी कारोबार संचालन गर्ने काम गर्छन्। यसका उदाहरणहरूमा इसेवा, खल्ती, प्रभु पे लगायतका डिजिटल वालेटहरू पर्दछन्।

त्यस्तै, भुक्तानी प्रणाली सञ्चालक ९पीएसओ० ले समाशोधन गृह, विद्युतीय कार्ड वा अन्य अनलाइन भुक्तानी सञ्जाल सञ्चालनमार्फत भुक्तानी कार्यको सञ्चालन, व्यवस्थापन र समाशोधनको जिम्मेवारी सम्हाल्छन्। नेपाल क्लियरिङ हाउस लिमिटेड, फोनपे, एससिटी लगायतका संस्थाहरू पीएसओको उदाहरण हुन्।

नेपाल राष्ट्र बैंकले पीएसपी र पीएसओको भूमिका बुझी डिजिटल भुक्तानीको सुरक्षित र प्रभावकारी प्रयोग गर्न सर्वसाधारणसँग अनुरोध गरेको छ। यसले आर्थिक कारोबारलाई थप सहज, पारदर्शी र विश्वसनीय बनाउने विश्वास व्यक्त गरिएको छ।

अधिक जानकारीका लागि नेपाल राष्ट्र बैंकको आधिकारिक वेबसाइट वा नजिकको बैंक शाखामा सम्पर्क गर्न सकिने जानकारी समेत दिइएको छ।