Dhulikhel Eco Banner new

तेह्रथुम पावरका ४ लाखभन्दा बढी अवितरित हकप्रद शेयर लिलामीमा

2.02K
shares

काठमाडौं, २७ साउन । तेह्रथुम पावर कम्पनी लिमिटेडले ४ लाख १८ हजार ७३८ कित्ता अवितरित हकप्रद शेयर लिलामीमार्फत बिक्रीमा ल्याएको छ। कम्पनीले प्रतिकित्ता न्यूनतम १०० रुपैयाँमा लिलामी खुला गरेको हो।

उक्त लिलामीमा इच्छुक व्यक्ति तथा संघसंस्थाले भाग लिन सक्नेछन्। बोलपत्र पेश गर्दा कम्तीमा १०० कित्ता माग गर्नुपर्नेछ भने बढीमा सबै कित्ता माग गर्न सकिने व्यवस्था गरिएको छ। यसअनुसार न्यूनतम लगानी १० हजार रुपैयाँ पर्नेछ।

आवेदन दिने अन्तिम मिति भदौ ३ गतेसम्म रहेको छ। बोलपत्र फाराम काठमाडौंको नक्सालस्थित नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडका साथै नबिल बैंकका विराटनगर, विर्तामोड, वीरगञ्ज, हेटौंडा, जावलाखेल, सूर्यविनायक, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढी शाखा कार्यालयहरूमा उपलब्ध हुनेछ र सोही स्थानहरूमा बुझाउन सकिनेछ।