Dhulikhel Eco Banner new

विशाल बजारको वार्षिकोत्सवमा सरसफाई तथा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न

5.14K
shares

काठमाडौं, २७ साउन । विशाल बजार कम्पनी लिमिटेडले आफ्नो वार्षिक उत्सवको अवसरमा साउन २७ गते विशेष सामाजिक उत्तरदायित्व कार्यक्रम आयोजना गरेको छ। कम्पनीको मुख्य भवन र वरपरको परिसरमा सरसफाई तथा खाद्यान्न वितरण कार्यक्रम गरिँदा विभिन्न संघसंस्थाहरूको संयुक्त सहभागिता रहेको थियो।

उक्त कार्यक्रममा विशाल बजार व्यापार संघ, लायन्स क्लब अफ विशाल बजार, लियो क्लब अफ विशाल बजार, महानगरीय प्रहरी जनसेवा, ट्राफिक प्रहरी जनसेवा, साथै कम्पनीका सम्पूर्ण कर्मचारी तथा सुरक्षा गार्डहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रम अन्तर्गत कार्यालय परिसर सफा पारिएको मात्र नभई समाजमा सहयोग पुर्‍याउने उद्देश्यले आवश्यक व्यक्तिहरूलाई खाद्यान्न सामग्री पनि वितरण गरिएको थियो।

विशाल बजार कम्पनीले यस्ता कार्यक्रमहरूमार्फत सामाजिक उत्तरदायित्वमा आफ्नो भूमिका निरन्तर निर्वाह गर्दै आएको जनाउँदै आगामी दिनहरूमा अझ प्रभावकारी गतिविधि सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।