शेयर बजारमा २६ अंकको पहिरो, कारोबार रकम पनि खुम्चियो
वि.सं.२०८२ साउन २७ मंगलवार १५:२३
shares

काठमाडौं, २७ साउन । मंगलवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार २६.२२ अंकले घटेर २,७९६ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा २४ कम्पनीको शेयर मूल्य बढेको छ भने २२५ कम्पनीको शेयर मूल्य घटेको छ र १ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । यसदिन ६ अर्ब ९१ करोडको कारोबार भएको हो ।
दोहोरो अंकले घटेको शेयर बजारमा सिटी होटल्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ९.९९ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी, सिकलेस हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको लगानीकर्ताले ९.९९ प्रतिशतका दरले गुमाएका हुन् ।
















