Dhulikhel Eco Banner new

बर्जर पेन्ट्सको द हिडन ट्रेजर र स्माइल ट्रेनसँग सहकार्य

2.99K
shares

काठमाडौं, ३० साउन । बर्जर पेन्ट्स नेपालले मिस नेपाल प्रतियोगिताको आयोजक द हिडन ट्रेजर र क्लेफ्ट उपचारमा समर्पित अन्तर्राष्ट्रिय संस्था स्माइल ट्रेनसँग सहकार्य गरेको छ । यस वर्ष मिस नेपालमा मिस कोस्मो शीर्षकको सुरुवात गर्दै नेपालमा स्माइल ट्रेनसँगको सहभागिता सुनिश्चित गरिएको छ ।

स्माइल ट्रेनले विश्वभर क्लेफ्ट पीडित बालबालिकालाई निःशुल्क शल्यक्रिया तथा आवश्यक सेवाहरू प्रदान गर्दै आएको छ । बर्जर पेन्ट्सले स्माइल ट्रेन र मिस कोस्मो नेपालसँग सहकार्य गरी क्लेफ्ट उपचारसम्बन्धी जनचेतना फैलाउने उद्देश्य लिएको छ ।

यस सहकार्यअन्तर्गत बर्जर पेन्ट्सले मिस नेपाल २०२५ का अन्तिम प्रतिस्पर्धीहरूसँग मिलेर क्लेफ्ट पीडित बालबालिकासँग विशेष अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । बालबालिकाहरूले उक्त कार्यक्रममा कलाका किताबहरू रंगाउँदै रमाइलो गरेका थिए ।

उनीहरूलाई स्वादिष्ट परिकार र उपहारहरू प्रदान गरिएको थियो । बालबालिकाहरूले मिस नेपाल २०२५ का प्रतिस्पर्धीहरूसँग आत्मीय समय बिताउने अवसर पाएका थिए ।

बर्जर पेन्ट्सले सौन्दर्य प्रतियोगितालाई सामाजिक उत्तरदायित्वसँग जोड्दै सकारात्मक सन्देश फैलाएको छ ।कम्पनीले स्माइल ट्रेनको मुल मन्त्र विश्वलाई परिवर्तन गर्दै एक पटकमा एक मुस्कान लाई आत्मसात गर्दै यस्ता सामाजिक कार्यहरूमा निरन्तर लागिरहने प्रतिबद्धता जनाएको छ ।