प्रतितोला १ हजार ६ सयले घट्यो सुनको मूल्य, हेर्नस् कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८२ भदौ ४ बुधवार ११:११
1.72K
shares
shares

काठमाडौं, ४ भदौ । स्थानिय बजारमा बुधबार सुनको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला १ हजार ६ सयले घटेको नेपाल सुनचादीँ व्यवसायी महासंघले जनाएको हो ।
मंगलवार प्रतितोला १ लाख ९५ हजार १ सयमा कारोबार भएको सुनको मुल्य बुधबार १ हजार ६ सयले घटेर प्रतितोला १ लाख ९३ हजार ५ सयमा कायम भएको हो ।
त्यस्तै, बुधबार चाँदीको मूल्य पनि ४५ रुपैयाँले घटेको छ । मंगलवार २ हजार ३०० रुपैयाँ कारोबार भएको चाँदीको मूल्य बुधबार घटेर २ हजार २५५ रुपैयाँ कायम भएको छ।















