सामान्य अंकले घट्यो शेयर बजार, कारोबार रकममा पनि गिरावट
वि.सं.२०८२ भदौ ४ बुधवार १६:३३
shares

काठमाडौं, ४ भदौ । बुधवार शेयर बजार ९.७० अंकले घटेको छ । शेयर बजार ९.७० अंकले घटेर २,७६७ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ६० कम्पनीको शेयर मूल्य बढेको छ भने १८८ कम्पनीको शेयर मूल्य घटेको छ भने २ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । यसदिन ५ अर्ब २० करोडको कारोबार भएको हो ।
सामान्य अंकले घटेको शेयर बजारमा विकास हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी, पञ्चकन्यामाई हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको लगानीकर्ताले ९.०३ प्रतिशतका दरले गुमाएका हुन् ।









