Dhulikhel Eco Banner new

सानिमा जिआईसी इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा

2.18K
shares

काठमाडौं, ८ भदौ । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले ५ लाख ८० हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो।

कम्पनीले यसअघि ३५ दिनभित्र संस्थापक शेयरधनीलाई उक्त शेयर खरीदका लागि आह्वान गरेको थियो। तर तोकिएको समयसीमाभित्र कुनै निवेदन नपरेपछि पुनः १५ दिनको समयावधि दिंदै फेरि संस्थापक शेयरधनीलाई नै खरीद आह्वान गरेको हो।

उक्त शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीले किन्न चाहेको शेयर कित्ता र सोको मूल्य समेत खुलाएर काठमाडौंको टंगालस्थित कम्पनीको प्रधान कार्यालयमा निवेदन दिनु पर्नेछ।

यस अवधिभित्र पनि संस्थापक शेयरधनीबाट निवेदन प्राप्त नभएमा बाँकी शेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने कम्पनीले जानकारी दिएको छ।