एकै दिन प्रतितोला २ हजार ३ सयले बढ्यो सुनकोे मुल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८२ भदौ ८ आइतवार ११:३५
2.24K
shares
shares

काठमाडौं, ८ भदौ । स्थानिय बजारमा आइतबार सुनको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला २ हजार ३ सयले बढेको नेपाल सुनचादीँ व्यवसायी महासंघले जनाएको हो ।
शुक्रबार प्रतितोला १ लाख ९५ हजार २ सयमा कारोबार भएको सुनको मुल्य आइतबार २ हजार सयले बढेर प्रतितोला १ लाख ९७ हजार ५ सयमा कायम भएको हो ।
त्यस्तै, आइतबार चाँदीको मूल्य पनि ४० रुपैयाँले बढेको छ । शुक्रबार २ हजार २९० रुपैयाँ कारोबार भएको चाँदीको मूल्य आइतबार बढेर २ हजार ३५० रुपैयाँ कायम भएको छ।
















