दोहोरो अंकले बढ्यो शेयर बजार
वि.सं.२०८२ भदौ ९ सोमवार १५:१७
3.09K
shares
shares

काठमाडौं, ९ भदौ । सोमबार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार २३.२२ अंकले बढेर २,७६३ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १८२ कम्पनीको शेयर मूल्य बढेको छ भने ६८ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ५ अर्ब ७५ करोडको कारोबार भएको हो ।
दोहोरो अंकले बढेको शेयर बजारमा नारायणी विकास बैंकका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ९.९९ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी, आरबिवि म्यूचुअल लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको लगानीकर्ताले ३.३७ प्रतिशतका दरले गुमाएका हुन् ।

















